Ezekiel 45:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यही क्षेत्रचाहिँ शासकले इस्राएल देशमा पाउने भाग हो। यसैकारण शासकले प्रजामाथि फेरि अत्‍याचार गर्नेछैन र बाँकी जमिन इस्राएलका कुलहरूलाई छोडिदिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो जग्‍गाचाहिँ इस्राएलमा तिनको निजी अधिकार हुनेछ। अनि मेरा राजकुमारहरूले मेरो प्रजालाई फेरि कहिल्‍यै अत्‍याचार गर्नेछैनन्, तर तिनीहरूले इस्राएलका घरानालाई तिनीहरूका कुल-कुलअनुसार जग्‍गाजमिन अधिकार गर्नलाई अनुमति दिनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो जग्गा इस्राएलमा तिनको अधिकारमा हुनेछ। अनि मेरा राजकुमारले अब उसो फेरि मेरा प्रजा इस्राएलीहरूलाई अत्याचार गर्नेछैन; तर इस्राएलका घरानालाई तिनीहरूका कुलअनुसार देश अधिकार गर्न दिनेछ।
Nepali ERV (पवित्र बाइबल)
यो भूमि इस्राएलको शासकको सम्पत्ति हुन्छ। यस्तो प्रकारले शासकले मेरो मानिसहरूको भावी जीवन कष्टमय बनाउन आवश्यक पर्दैन। तर त्यो भूमि इस्राएलीहरूको निम्ति तिनीहरूको परिवार समूहलाई दिइन्छ।”