Ezekiel 45:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम परमप्रभुले भन्‍नुभयो, “ए इस्राएलका शासकहरू हो, तिमीहरूले धेरै समयसम्‍म पाप गर्‍यौ! तिमीहरूले आफ्‍ना हिंसा र अत्‍याचार बन्‍द गर। जे कुरा उचित र न्‍यायपूर्ण छन्, ती गर। फेरि तिमीहरूले कहिल्‍यै मेरा प्रजालाई तिनीहरूको भूमिबाट बाहिर नधपाउनू। म सार्वभौम परमप्रभुले तिमीहरूलाई यो कुरा भन्‍दै छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: हे इस्राएलका राजकुमार हो! बस, तिमीहरूले अति नै गर्‍यौ! तिमीहरूका उपद्रव र अत्‍याचार त्‍यागिदेओ, र जो न्‍यायसङ्गत र ठीक छ त्‍यही गर। आफ्‍नो अधिकारको ठाउँबाट मेरो प्रजालाई निष्‍कासन गर्न छोड़िदेओ, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हे इस्राएलका राजकुमारहरू हो, तिमीहरूले अति नै गरेका छौ! तिमीहरूले आफ्ना हिंसा र अत्याचार त्यागिदेओ; अनि जे न्यायसङ्गत र धार्मिक छन्, त्यो काम गर। मेरा मानिसहरूलाई तिनीहरूका आफ्नो अधिकारको ठाउँबाट निकालिदिने काम बन्द गर, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरा मालिकले यसो भन्नुहुन्छ, “इस्राएलको शासकहरू धेरै भए। निर्दयी हुनु, मानिसहरूबाट समान चोर्न छोड। राम्रो बन अनि असल काम गर। हाम्रो मानिसहरूलाई घरदेखि बाहिर अनिच्छामा जान विवश नपार।” परमप्रभु मेरा मालिकले भन्नुभयो।