Ezekiel 46:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोजका दिनहरूमा र चाड-पर्वको दिनहरूमा प्रत्येक साँढे वा साँढ-भेडासित साढे सत्र किलो अन्नको भेटी र हरेक थुमासित आफ्नो इच्छाअनुसार भेटीहरू ल्याउनुपर्नेछ। प्रत्येक यस्तो अन्नबलिसित तीन लिटर जैतुनको तेल चढाउनुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘चाड़हरू र चाड़का तोकिएका दिनहरूमा अन्नबलिचाहिँ एक एपा एउटा बाछासित, एक एपा एउटा भेड़ासित, र थुमासित जति इच्छा लाग्छ त्यति नै, साथै हरेक एपासित एक हीन तेल चढ़ाइऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चाडहरू र तोकिएका समयमा अन्नबलि एउटा बाछासहित एक एपा, एउटा साँढभेडासहित एक एपा, र थुमाहरूसहित आफूलाई इच्छा लागेअनुसारको कुराहरू र प्रत्येक एपाको निम्ति एक हिन जैतुन तेल होस्।
Nepali ERV (पवित्र बाइबल)
उत्सवहरू अनि विशेष बैठकको अवसरमा एक एपा अन्नबलि प्रत्येक जवान गोरूसँग चढाउनु पर्छ। एक एपा अन्नबलि प्रत्येक भेडासँग चढाउनु पर्छ। थुमाहरूसित अन्नबलि निम्ति जस्तै शासकले जति सक्दो दिनुपर्छ। उसले एक हीन तेल प्रत्येक अन्नबलिको लागि दिनुपर्छ।