Ezekiel 46:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“जब शासकले आफ्‍नो इच्‍छाले परमप्रभुलाई होमबलि वा मेलबलि चढाउन चाहन्‍छ, तब उसको निम्‍ति भित्री चोकमा पुर्‍याउने पूर्वको मूल-ढोका खोलिदिनू। उसले आफ्‍नो बलि विश्रामको दिनमा चढाएझैँ चढाउनेछ। निस्‍केपछि त्‍यो मूल-ढोका फेरि बन्‍द गरिदिनू।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब राजकुमारले परमप्रभुमा आफ्‍नै राजीखुशीको होमबलि वा मेलबलि चढ़ाउँछन्, तब तिनको निम्‍ति पूर्वपट्टि फर्केको मूल ढोका खोलिदिनुपर्छ। तिनले आफ्‍नो होमबलि र मेलबलि शबाथ-दिनमा चढ़ाएझैँ चढ़ाउनुपर्छ। तिनी बाहिर निस्‍केपछि ढोका झट्टै थुन्‍नुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘जब राजकुमारले याहवेहलाई कुनै स्वेच्छा-भेटी प्रदान गर्छ, तब चाहे त्यो होमबलि होस् वा मेलबलि होस्; उसका लागि पूर्वपट्टि फर्केको मूलढोका खोलियोस्। उसले शब्बाथमा आफ्नो होमबलि अथवा मेलबलि चढाएझैँ चढाउनुपर्छ। तब ऊ बाहिर निस्केर गइसकेपछि मूलढोका बन्द गरियोस्।
Nepali ERV (पवित्र बाइबल)
“जब शासकले परमप्रभुलाई स्वेच्छा भेटी, होमबलि, मेलबलि, अथवा स्वेच्छा भेटी चढायो भने उसको निम्ति पूर्वको मूल-ढोका खुल्नेछ। तब उसले उसको होमबलि अनि मेलबलि शबाथको दिनमा जस्तै चढाउँछ। ऊ गए पछि मूल-ढोका बन्द हुन्छ।