Ezekiel 46:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साथै हरेक बिहान दुई किलोग्राम पिठो र त्योसित मिसाएर एक लिटर जैतुनको तेल पनि चढाउनुपर्नेछ। परमप्रभुलाई चढाइने यस अन्नबलिको विधि सदा मानिनुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यससँग बिहानैपिच्छे अन्नबलि एपाको छैटौँ भाग र पीठो भिजाउनलाई हीनको एक तिहाइ भाग तेल जुटाउनुपर्छ। परमप्रभुमा यो अन्नबलि चढ़ाउनु एउटा अनन्तको विधि हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले त्यससित हरेक बिहान अन्नबलिको एक एपाको छैटौँ भाग जति पिठो भिजाउनलाई एक तिहाइ हिन जैतुन तेलको प्रबन्ध गर्नुपर्छ। यो अन्नबलि याहवेहलाई चढाइने सदाकालको निम्ति विधि हो।
Nepali ERV (पवित्र बाइबल)
तिमीले प्रत्येक बिहान भेडासँग अन्नबलि पनि चढाउनु पर्छ। तिमीले एपाको छैटौं भाग पिठो अनि हीनको एक तिहाइ भाग तेल त्यो पिठोलाई राम्रो गरी भिजाउँनको लागि दिनुपर्छ। यो परमप्रभुको अन्नबलि हुनेछ।