Ezekiel 46:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम परमप्रभु यस्तो आज्ञा गर्नुहुन्छ, “यदि राज्य गर्दैगरेका शासकले आफ्नो हिस्साको कुनै जमिन आफ्ना छोराहरूलाई दियो भने परिवारको सम्पत्तिको एउटा अंशको रूपमा त्यो त्यसका छोराहरू हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: यदि राजकुमारले आफ्नो कुनै एक जना छोरालाई आफ्नो उत्तराधिकारबाट दान दिन्छन् भने, त्यो दान तिनको छोराका सन्तानको पनि होस्। त्यो त्यसका उत्तराधिकारको एउटा भाग हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: यदि राजकुमारले आफ्नो उत्तराधिकारबाट आफ्ना छोराहरूमध्ये एक जनालाई कुनै उपहार दिन्छ भने त्यो पनि उसका सन्तानहरूको हुनेछ; त्यो तिनीहरूको उत्तराधिकारद्वारा तिनीहरूकै सम्पत्ति हुनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “यदि शासकले आफ्नो जमीनको कुनै भाग आफ्नो छोरालाई भेटीको रूपमा दिन्छ भने त्यो उसको हुनेछ। यो उसको सम्पत्ति हो।