Ezekiel 46:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर शासकले आफ्‍नो कुनै जमिन आफ्‍नो चाकरी गर्ने दासलाई दिन्‍छ भने त्‍यो जमिन दास मुक्त हुने वर्षपछि फेरि शासककै हुनेछ। त्‍यो शासकको जमिन हो र सधैँ शासक र उसका छोराहरूको रहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यदि तिनले यस्‍तो दान आफ्‍ना दासहरूमध्‍येको कुनै एक जनालाई दिन्‍छन्‌ भने, दासत्‍वबाट मुक्त हुने वर्षसम्‍म मात्रै त्‍यो त्‍यसको होस्‌। त्‍यसपछि त्‍यो फेरि राजकुमारकै हुनेछ। तिनको उत्तराधिकार आफ्‍ना छोराहरूको मात्रै हुन्‍छ, र त्‍यो तिनीहरूकै हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि उसले आफ्नो उत्तराधिकारबाट आफ्ना सेवकहरूमध्ये एक जनालाई कुनै भेटी वा उपहार दिन्छ भने त्यस सेवकले यसलाई स्वतन्त्रताको वर्षसम्म राख्न सक्छ। त्यसपछि त्यो उपहार राजकुमारकहाँ नै फिर्ता हुनेछ। उसको उत्तराधिकार उसकै छोराहरूका निम्ति मात्र हुनेछ; त्यो तिनीहरूका निम्ति नै हो।
Nepali ERV (पवित्र बाइबल)
तर यदि कोही शासक आफ्नो जमीनको कुनै भाग आफ्नो दासलाई भेटीको रूपमा दिन्छ भने त्यो भेटी उ स्वतन्त्र हुने तिथि सम्म उसको हुन्छ। दास स्वतन्त्र भए पछि भेटी शासकलाई फिर्ता जान्छ। केवल राजाको छोराहरूले मात्र उसको जमीन भेटीको रूपमा आफूसँग राख्न सक्छ।