Ezekiel 46:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब ती मानिसले मलाई भित्री चोकको दक्षिणपट्टिको मूल-ढोका छेउमा भएका उत्तर दिशातिर फर्केका कोठाहरूको प्रवेशद्वारमा लगे। ती पूजाहारीहरूको निम्‍ति राखिएका पवित्र कोठाहरू हुन्। ती कोठाहरूका पश्‍चिममा तिनले एउटा ठाउँ देखाए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब ती मानिसले मलाई मूल ढोकाको छेउमा भएको प्रवेशद्वारबाट भएर उत्तरतिर फर्केका पवित्र कोठाहरूमा ल्‍याए, जुन कोठा पूजाहारीहरूका निम्‍ति अलग राखिएका थिए, र पश्‍चिमको कुनामा एउटा ठाउँ मलाई देखाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि ती मानिसले मलाई मूलढोकाको छेउको प्रवेशद्वारबाट उत्तरपट्टि फर्केका पवित्र कोठाहरूमा ल्याए, जुन कोठा पुजारीहरूका निम्ति थिए; अनि मलाई पश्‍चिमी किनारमा भएको एउटा ठाउँ देखाए।
Nepali ERV (पवित्र बाइबल)
त्यो मानिसले मलाई द्वारबाट मूल-ढोकाको छेउमा लिएर गयो। उसले मलाई पूजाहारीहरूको उत्तरको पवित्र कोठा तिर लिएर गयो। मैले त्यहाँ पश्चिम पट्टि धेरै टाढो एउटा स्थान देखें।