Ezekiel 46:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शासकले ल्याएको होमबलि र मेलबलि पूजाहारीहरूले चढाउँदा शासकचाहिँ बाहिरी चोकबाट मूल-ढोकाको छेउको ठूलो कोठामा गई ढोकाका खामाछेउ उभिनेछ। त्यहाँ ढोकानिर शासकले आफ्नो भक्ति चढाएर फेरि बाहिर निस्कनेछ। ढोका साँझसम्म बन्द गरिनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजकुमार बाहिरबाट ढोकाको दलान भएर आउनुपर्छ, र ढोकाका खामाको छेउमा तिनी उभिरहनुपर्छ। पूजाहारीहरूले राजकुमारको होमबलि र मेलबलि चढ़ाऊन्। तब तिनले ढोकाको सँघारमा दण्डवत् गरेर बाहिर जानुपर्छ, तर ढोकाचाहिँ बेलुकीसम्मै नथुनिओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजकुमार बाहिरबाट मूलढोकाको दलानभएर भित्र पसोस्, र मूलढोकाको छेउमा उभिओस्। पुजारीहरूले राजकुमारका होमबलि र मेलबलि चढाऊन्। अनि राजकुमारले मूलढोकाको सँघारमा निहुरेर आराधना गरेर बाहिर निस्केर जाओस्, तर मूलढोका साँझसम्म बन्द नगरियोस्।
Nepali ERV (पवित्र बाइबल)
शासक मूल-ढोकाको प्रवेश कक्षबाट भित्र आउँछ अनि त्यस स्तम्भको छेउमा उभिनु पर्छ। तब पूजाहारीहरूले शासकको होमबलि अनि मेलबलि चढाउँछन। शासकले मूल-ढोकाको सँघारमा आराधना गर्नुपर्छ। त्यसपछि ऊ बाहिर जानेछ। तर मूल-ढोका साँझ सम्म बन्द हुँदैन।