Ezekiel 46:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र भने, “पूजाहारीहरूले पापबलि वा दोषबलि चढाएको पशुको मासु उमाल्ने र अन्नबलि चढाएको पिठो पकाउने स्थान यही हो। त्यसरी कुनै पवित्र थोक पनि बाहिरी चोकमा नलगिओस् नत्र मानिसहरूको हानि हुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले मलाई भने, “यो त्यही ठाउँ हो, जहाँ पूजाहारीहरूले दोषबलि र पापबलिका मासु पकाउने गर्नेछन् र अन्नबलि पोल्ने गर्नेछन्, कि तिनीहरूले ती बलिहरू बाहिरी चोकमा नलगून् र मानिसहरूलाई पवित्र नगरून्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले मलाई भने, “यो त्यही ठाउँ हो, जहाँ पुजारीहरूले दोषबलि, पाप शुद्धीकरण बलि पोल्नुपर्छ, र अन्नबलि पकाउनुपर्छ, ताकि तिनीहरूले यी पवित्र थोकहरू बाहिरी चोकमा नलैजाऊन् र मानिसहरूलाई पवित्र नपारून्।”
Nepali ERV (पवित्र बाइबल)
त्यस मानिसले मलाई भन्यो, “यही त्यो ठाउँ हो जहाँ पूजाहारीहरूले दोषबलि अनि पापबलि चढाउँछन् । किन? जसबाट तिनीहरूलाई ती भेटीहरू बाहिर चोकमा लिएर जाने आवश्यकता पर्दैन। यस्तो प्रकारले तिनीहरूले ती पवित्र चीजहरू बाहिर ल्याउँदैनन्, जहाँ साधारण मानिसहरू हुन्छन्।”