Ezekiel 46:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[21-22] त्‍यसपछि तिनले मलाई बाहिरी चोकमा लगे र त्‍यसका चार कुनामा भएका स-साना चोकहरू देखाए। ती चोकहरू बीस-बीस मिटर लामा र पन्‍ध्र-पन्‍ध्र मिटर चौडा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि तिनले मलाई बाहिरी चोकमा र चोकका चारै कुनातिर ल्‍याए, र मैले हरेक कुनामा एउटा अर्को चोक देखें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनले मलाई पवित्र चीज पकाउने ठाउँबाट बाहिरी चोकमा ल्याए, र मन्दिरका बाहिरी पर्खालका भित्रपट्टिको चारै कुनाहरूमा मलाई लगे; अनि मैले प्रत्येक कुनामा अर्को स-साना चोकहरू देखेँ।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि त्यो मानिसले मलाई बाहिर चोकमा ल्यायो। उसले मलाई चोकको चारै कुनामा लिएर गयो। चोकको प्रत्येक कुनामा एउटा सानो चोक थियो।