Ezekiel 46:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रत्येक साँढ-भेडासित शासकले साढे सत्र किलो अन्न र प्रत्येक थुमासित आफ्नो इच्छाअनुसार भेटी ल्याउनुपर्नेछ। प्रत्येक यस्तो अन्न-बलिसित उसले तीन लिटर जैतुनको तेल ल्याउनुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भेड़ासित चढ़ाइने अन्नबलि एक एपा होस्, र थुमाहरूसित चढ़ाइने अन्नबलि जति इच्छा लाग्छ त्यत्ति नै। त्यसबाहेक हरेक एपाको साथ एक हीन तेल चढ़ाइओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
साँढभेडासित दिनुपर्ने अन्नबलि एक एपा र थुमासित दिनुपर्ने अन्नबलि उसलाई इच्छा लागेबमोजिम हुनुपर्छ। त्यससित प्रत्येक एपाको निम्ति एक हिन जैतुन तेल हुनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
उसले एक एपा अन्नबलि भेडासँग दिनु पर्छ। शासकले त्यति नै अन्नबलि भेडासँग दिनसक्छ, जति उसले दिन चाहन्छ। उसले एक हीन भद्राक्षको तेल हरेक एपा अन्नसित दिनुपर्छ।