Ezekiel 46:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
औंसीको चाडमा शासकले एउटा साँढे, छ वटा थुमा र एउटा साँढ-भेडा बलि गर्नुपर्नेछ अनि ती सबै पशुहरू निष्खोट हुनुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
औंसीमा तिनले एउटा बाछो, छ वटा थुमा र एउटा भेड़ा चढ़ाउनुपर्छ। ती जम्मै निष्खोट हुनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नयाँ औँसीको दिन राजकुमारले एउटा बाछा, छ वटा थुमाहरू र एउटा साँढभेडा चढाउनुपर्छ; अनि सबै पशुहरू निष्खोट होऊन्।
Nepali ERV (पवित्र बाइबल)
“औंसीको दिन उसले जवान निष्खोट एउटा गोरू भेटीका निम्ति दिनुपर्छ। उसले निष्खोट छवटा थुमा अनि एउटा भेडा, जसमा कुनै खोट छैन् भेटी दिन्छ।