Ezekiel 46:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हरेक साँढे र साँढ-भेडासित साढे सत्र किलो अन्नको भेटी अनि हरेक थुमासित आफ्नो इच्छाअनुसार शासकले भेटीहरू ल्याउनुपर्नेछ। प्रत्येक यस्तो अन्नबलिसित तीन लिटर जैतुनको तेल पनि ल्याउनुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बाछो र भेड़ासित अन्नबलि एक एपा र थुमाहरूसित चढ़ाइने अन्नबलि जति इच्छा लाग्छ त्यति नै, साथै हरेक एपासित एक हीन तेल तिनले थपेर चढ़ाऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजकुमारले अन्नबलिको रूपमा बाछासित एक एपा, साँढभेडासित एक एपा, र थुमासित उसलाई इच्छा लागेबमोजिम र प्रत्येक एपाको निम्ति एक हिन जैतुनको तेल प्रबन्ध गरोस्।
Nepali ERV (पवित्र बाइबल)
शासकले गोरूसँग एक एपा अन्नबलि अनि साँढे भेडासँग उसले जति धेरै अन्नबलि दिन चाहन्छ दिन सक्छ शासकले प्रत्येक एपा अन्नको निम्ति एक हीन भद्रक्षाको तेल दिनुपर्छ।