Ezekiel 46:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“चाड-पर्वको दिनमा जब मानिसहरू परमप्रभुलाई पुज्न आउनेछन्, तब उत्तरको मूल-ढोकाबाट भित्र आउनेहरू पूजा सकेपछि दक्षिणको मूल-ढोकाबाट बाहिर निस्कनेछन् अनि दक्षिणको मूल-ढोकाबाट भित्र आउनेहरू उत्तरको मूल-ढोकाबाट निस्किजानेछन्। कुनै पनि मानिस जुन ढोकाबाट भित्र आयो, त्यही ढोकाबाट बाहिर जान पाउनेछैन। तर सिधै गई सामुन्नेको मूलढोकाबाट बाहिर जानुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तोकिएका चाड़हरूका दिनमा जब मानिसहरू परमप्रभुको सामुन्ने आउँछन्, तब उत्तरको मूल ढोकाबाट दण्डवत् गर्नलाई भित्र पस्ने मानिस दक्षिणको मूल ढोकाबाट बाहिर निस्कोस्। दक्षिणको मूल ढोकाबाट भित्र पस्ने मानिसचाहिँ उत्तरको मूल ढोकाबाट बाहिर निस्कोस्। भित्र आएको ढोकातिर फर्केर कोही पनि त्यसैबाट बाहिर नजाओस्, तर सीधै विपरीत ढोकाबाट त्यो जाओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘जब देशका मानिसहरू तोकिएका चाडहरूका निम्ति याहवेहको सामु आउँछन्, तब दण्डवत् गर्नका निम्ति जो मानिस पनि उत्तरको मूलढोकाबाट भित्र भएर पस्छ, त्यो मानिस दक्षिणको मूलढोका भएर बाहिर निस्कोस्; अनि जो मानिस दक्षिणको मूलढोकाबाट भित्र पस्छ, त्यो मानिसचाहिँ उत्तरको मूलढोकाबाट बाहिर निस्कोस्। जुन मूलढोकाबाट भएर त्यो मानिस भित्र पसेको छ, त्यस मूलढोकाबाट बाहिर ननिस्कोस्, तर विपरीत मूलढोकाबाट भएर त्यो बाहिर निस्कोस्।
Nepali ERV (पवित्र बाइबल)
“जब साधारण मानिसहरू परमप्रभुको अघि विशेष उत्सवमा आउँछन्, त्यस बेला जुन मानिस पूजा गर्न उत्तर मूल-ढोकाबाट प्रवेश गर्छ, ऊ दक्षिण मूल-ढोकाबाट जान्छ। जुन मानिस दक्षिण मूल-ढोकाबाट प्रवेश गर्छ, ऊ उत्तर मूल-ढोकाबाट जान्छ। कोही पनि त्यही बाटोबाट फर्कदैन। प्रत्येक सिधै बाहिर जानु पर्छ।