Ezekiel 47:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती मानिसले मलाई फर्काएर मन्‍दिरको प्रवेशद्वारमा लगे। प्रवेशद्वार मुनिबाट पानी बाहिर निस्‍किरहेको थियो र पूर्वपट्टि बग्‍दै थियो। मन्‍दिरबाट निस्‍केर वेदीको दक्षिणपट्टिबाट बगेर गएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब ती मानिसले मलाई फर्काएर मन्‍दिरको प्रवेशद्वारमा ल्‍याए, र मैले मन्‍दिरको सँघारको मुन्‍तिर पानी आइरहेको र पूर्वतिर बगिरहेको देखें (किनभने मन्‍दिर पूर्वतिर फर्केको थियो)। पानी मन्‍दिरको दक्षिणबाट, वेदीको दक्षिणपट्टिबाट बगिरहेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती मानिसले मलाई मन्दिरको प्रवेशद्वारमा फेरि फर्काएर ल्याए; अनि मैले मन्दिरको सँघारको मुन्तिरबाट पानी पूर्वपट्टि निस्किरहेको देखेँ (किनकि मन्दिर पूर्वपट्टि नै फर्केको थियो)। त्यो पानी मन्दिरको दक्षिण भागको मुन्तिरबाट बगेर वेदीको दक्षिणबाट तल निस्किरहेको थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यो मानिसले मन्दिरको द्वारमा मलाई फेरि लिएर गयो। मैले मन्दिरको पूर्वी सँघारको मुन्तिरबाट पानी आउँदै गरेको देखें। पानी मन्दिरको दक्षिण सीमाको मुन्तिरबाट वेदीको दक्षिणबाट बगिरहेको थियो।