Ezekiel 47:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एन-गदीका धाराहरूदेखि एन-एग्‍लैमका धाराहरूसम्‍म समुद्रको किनारमा जलाहारीहरू हुनेछन् र त्‍यहाँ तिनीहरूले जालहरू फिंजाएर सुकाउनेछन्। भूमध्‍य सागरमा झैँ त्‍यहाँ पनि थरी-थरीका माछाहरू हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका किनारै किनार जालहारीहरू उभिनेछन्‌। एन-गदीदेखि एन-एग्‍लैमसम्‍म जालहरू फिँजाउने ठाउँहरू हुनेछन्‌। त्‍यहाँ किसिम-किसिमका माछाहरू हुनेछन्‌— महासमुद्रका माछाहरूजस्‍तै।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जालहारीहरू समुद्रको किनारामा उभिनेछन्; एन-गदीदेखि एन-एग्लैमसम्म जाल फिँजाउने ठाउँहरू हुनेछन्। त्यहाँ धेरै किसिमका माछाहरू हुनेछन्—भूमध्य सागरका माछाहरूजस्तै धेरै किसिमका माछाहरू हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तिमी जालहारीहरूलाई लगातार एन-गदीबाट एन-एग्लैम सम्म उभिएको देख्न सक्छौ। तिमी तिनीहरूले आफ्नो माछाको जाल फ्याँकेको देख्नसक्छौ अनि कति प्रकारको माछाहरू समातेको देख्नसक्छौ। खारा समुद्रमा त्यतिनै प्रकारको माछाहरू छन्, जति प्रकारको महा समुद्रमा छन्।