Ezekiel 47:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नदीका दुवै किनारमा सबै प्रकारका रूखहरू उम्री फल दिनेछन्। तिनीहरूका पातहरू कहिल्‍यै ओइलाउनेछैनन् र फल बाह्रै मास फलिरहनेछन्। हरेक महिना तिनीहरूमा नयाँ-नयाँ फल लाग्‍नेछ किनभने तिनीहरूलाई मन्‍दिरबाट बगिआउने खोलाको पानीले भिजाउनेछ। ती रूखहरूले खानको निम्‍ति फल दिनेछन् र तिनका पातहरूले मानिसहरूको रोग निको पार्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नदीका दुवै किनारमा अनेक किसिमका फलफूलका रूखहरू उम्रनेछन्‌। तिनीहरूका पात ओइलाउनेछैनन्‌। तिनीहरूका फलहरू कहिल्‍यै शेष हुनेछैनन्‌। तिनीहरूले हरेक महिना नै फल दिनेछन्, किनभने पवित्रस्‍थानदेखि तिनीहरूमा पानी बग्‍छ। तिनीहरूका फल खानाको निम्‍ति र तिनीहरूका पातचाहिँ आरोग्‍यको लागि हुनेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नदीका दुवै किनारहरूमा सबै किसिमका फलफूलका रूखहरू उम्रेर बढ्नेछन्। तिनीहरूका पातहरू ओइलाउने छैनन्, न त तिनीहरूले फल दिन छोड्नेछन्। तिनीहरूले प्रत्येक महिना ताजा फल दिनेछन्; किनकि ती फलफूलको बोटहरूका निम्ति पवित्रस्थानबाट पानी बगेर आउँछ। तिनीहरूका फलहरू भोजनका निम्ति र तिनीहरूका पातहरू औषधीका निम्ति काम लाग्नेछन्।”
Nepali ERV (पवित्र बाइबल)
हरेक प्रकारको फलदार वृक्षहरू नदीको दुवै किनारमा उम्रिन्छन्। यसको पातहरू कहिल्यै सुक्दैन पनि मर्दैन पनि। यी वृक्षहरूमा फल लाग्न कहिल्यै पनि छोड्दैन। वृक्षले प्रत्येक महिनामा फल दिन्छ। किन? किनकि रूखहरूको लागि पानी मन्दिरबाट आउँछ। त्यो रूखको फलहरू भोजन बनिन्छ अनि त्यसको पातहरू औषधी बनिन्छ।”