Ezekiel 47:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम परमप्रभुले भन्‍नुभयो, “इस्राएलका बाह्र कुलहरूलाई बाँडिदिने जमिनको साँध-सिमाना यस प्रकार छ। योसेफका कुलले चाहिँ दुई भाग पाउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “इस्राएलका बाह्र कुलका उत्तराधिकारको लागि तिमीहरूले देश विभाजन गर्दा सिमानाचाहिँ यी हुनेछन्‌। योसेफको लागि दुई भाग।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “यी ती सिमानाहरू हुन्, जसअनुसार तिमीहरूले इस्राएलका बाह्र कुलको बीचमा उत्तराधिकारको रूपमा योसेफको निम्ति दुई भाग सहित देशलाई विभाजन गर्नेछौ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “यो सीमाना इस्राएलको बाह्रा कुल समूहको जमीन बाँड्नका निम्ति हो। यूसुफले दुइ भाग पाउनेछ।