Ezekiel 47:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“पूर्वीय सिमाना दमस्‍कस र हौरानका इलाकाहरू बीचको एक ठाउँबाट दक्षिणतर्फ जानेछ र यर्दन नदी हुँदै मृत-सागर भएर तामारसम्‍म पुग्‍नेछ। यर्दन नदीको पश्‍चिममा इस्राएल देश र पूर्वमा गिलाद पर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“पूर्वपट्टिको सिमानाचाहिँ हौरान र दमस्‍कसको बीचमा, गिलाददेखि इस्राएल देशसम्‍मको यर्दन नदीको छेउ-छेउ भएर पूर्वीय समुद्र र तामारसम्‍मै टाढ़ा हुनेछ। योचाहिँ पूर्वको सिमाना हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पूर्वपट्टिको सिमाना हौरन र दमस्कसको माझहुँदै यर्दन नदीको किनारै-किनार गिलाद र इस्राएल देशको बीच पूर्वी मृत सागर र दक्षिणपट्टि तामारसम्म नै जानेछ। योचाहिँ पूर्वी सिमाना हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
“पूर्वपट्टिको सीमाना हसर-एनान हौरान अनि दमिश्कको बीच सम्म जान्छ अनि यर्दन नदीको किनारमा गिलाद अनि इस्राएलको जमीनको बीचमा पूर्वी समुद्र सम्म सोझै, तामार सम्म जान्छ। यो पूर्वको सीमाना हो।