Ezekiel 47:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“दक्षिणको सिमाना तामारदेखि दक्षिण पश्‍चिम हुँदै र कादेश मेरीबाको मरुद्यान भएर उत्तर पश्‍चिम हुँदै मिश्रको सिमाना सँगसँगै गएर भूमध्‍य सागरसम्‍म पुग्‍नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“दक्षिणपट्टिको सिमानाचाहिँ तामारदेखि मेरीबा-कादेशका पानीहरूसम्‍मै, तब मिश्रको खोलाका छेउ-छेउ भएर महासमुद्रसम्‍मै पुग्‍नेछ। योचाहिँ दक्षिणको सिमाना हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दक्षिणपट्टिको सिमाना, यो तामारबाट मेरीबा कादेशका पानीसम्म पुग्नेछ; त्यहाँबाट इजिप्टको बेँसीको किनारै-किनार भएर भूमध्य सागरसम्म जान्छ। योचाहिँ दक्षिणी सिमाना हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
“दक्षिण पट्टिको सीमाना तामारबाट लगातार मेरीबा कादेशको नखलि स्थान सम्म जान्छ। त्यसपछि यो मिश्रको खोलाको सहायताले महा सागर सम्मै जान्छ। यो दक्षिणको सीमाना हो।