Ezekiel 47:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो सधैँभरिको लागि तिमीहरूको हिस्सा हुनेछ। जमिन अंश-बन्डा लाउँदा तिमीहरूका माझमा बास गर्ने विदेशीहरू र तिनीहरूबाट जन्मेकाहरूलाई पनि आ-आफ्ना हिस्सा दिनू। तिनीहरूलाई पूरै इस्राएली नागरिकसरह मान्नू र तिनीहरूका नाममा पनि इस्राएलका कुलहरूका साथ जमिनको निम्ति चिट्ठा हाल्न दिनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले यो देश एउटा उत्तराधिकारको रूपमा आफ्नै निम्ति र तिमीहरूसँग बसोबास गर्ने, छोराछोरी भएका विदेशीहरूका निम्ति पनि भाग-भाग गरिदिनू। तिमीहरूले तिनीहरूलाई इस्राएलमै जन्मेका स्वदेशीहरूझैँ ठान्नू, र तिमीहरूसितै इस्राएलका कुलहरूका बीचमा तिनीहरूले उत्तराधिकार पाउनैपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले यस देशलाई तिमीहरूका निम्ति र तिमीहरूका बीचमा बसोबास गर्ने र सन्तान भएका विदेशीहरूका निम्ति उत्तराधिकारको रूपमा चिट्ठा हालेर भागबण्डा गर्नू। तिमीहरूले तिनीहरूलाई स्वदेशमै जन्मेका स्वदेशी इस्राएलीहरूजस्तै व्यवहार गर्नू; तिमीहरूसितै तिनीहरूले पनि चिट्ठा हालेर इस्राएलका कुलहरूको बीचमा उत्तराधिकार पाउनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
तिमी यो आफ्नो सम्पत्ति अनि आफूसँग बस्ने विदेशीहरूको सम्पत्तिको रूपमा, जसको नानीहरू तिमीहरूसँग बस्छन् तिनीहरूलाई बाँड। तिनीहरू विदेशी निवासी हुनेछन्, इस्राएलीहरूमा स्वभाविक जन्मे जस्तै हुनेछन्। तिमीले केही जमीन इस्राएलको कुल समूहबाट तिनीहरूलाई दिनेछौ।