Ezekiel 47:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खोला जहाँ-जहाँ बगेर पुग्दछ, त्यहाँ हरेक किसिमका जीवित प्राणी र माछाहरू जिउनेछन्। त्यस खोलाले मृत-सागरसम्मको पानी सफा पार्नेछ र जहाँ-जहाँ त्यो बहनेछ, त्यहाँ हरेक चीज बाँच्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो नदी बगेको ठाउँमा थुप्रै जीवित प्राणीहरू बस्नेछन्। त्यहाँ अनगन्ती माछा हुनेछन्, किनभने त्यो पानी त्यहाँ बग्छ र नुनिलो पानीलाई ताजा बनाइदिन्छ। यसैले जहाँ त्यो नदी बग्छ, त्यहाँ जेसुकै पनि बाँच्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जहाँ-जहाँ यो नदी बग्छ, त्यहाँ जीवित प्राणीहरूका झुण्डहरू जीवित रहनेछन्। त्यहाँ धेरै संख्यामा माछाहरू हुनेछन्; किनकि त्यो पानी त्यहाँ बग्छ, ताकि नुनिलो पानीलाई ताजा बनाइदिओस्; यसरी जहाँ यो नदी बग्छ, त्यहाँ सबै कुरा जीवित रहनेछन्।
Nepali ERV (पवित्र बाइबल)
यो पानीमा धेरै माछाहरू छन् अनि यो पानी जहाँ जान्छ त्यहाँ धेरै पशुहरू बास गर्छन्।