Ezekiel 48:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस पवित्र खण्डको एक भाग पूजाहारीहरूले पाउनेछन् र त्यसको लमाइ पूर्वदेखि पश्चिमसम्म साढे बाह्र किलोमिटर र चौडाइ उत्तरदेखि दक्षिणसम्म पाँच किलोमिटर हुनेछ। यस क्षेत्रको बीचमा परमप्रभुको मन्दिर रहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योचाहिँ पूजाहारीहरूका निम्ति एउटा पवित्र भाग हुनेछ। यो भाग उत्तरपट्टि २५,००० हात, पश्चिमपट्टि १०,००० हात, पूर्वपट्टि १०,००० हात र दक्षिणपट्टि २५,००० हात हुनेछ। परमप्रभुको पवित्रस्थानचाहिँ त्यसको बीचमा हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो भाग पुजारीहरूका निम्ति पवित्र भाग हुनेछ। त्यो उत्तरपट्टि पच्चीस हजार क्यूबिट लम्बाइ, पश्चिमपट्टि दश हजार क्यूबिट चौडाइ, पूर्वपट्टि दश हजार क्यूबिट चौडाइ र दक्षिणपट्टि पच्चीस हजार क्यूबिट लम्बाइ हुनेछ। त्यसको बीच भागमा याहवेहको पवित्रस्थान हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
शहरको नाप यस प्रकार छ उत्तर पट्टि यो 4,500 हात हुन्छ। पूर्व पट्टि 4,500 हात हुन्छ। दक्षिण पट्टि यो 4,500 हात हुन्छ। पश्चिम पट्टि यो 4,500 हात हुन्छ।