Ezekiel 48:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो पवित्र क्षेत्र सादोकका वंशमा जन्म भएका पूजाहारीहरूको निम्ति हुनेछ। तिनीहरूले विश्वासयोग्य भई मेरो सेवा गरे र अरू इस्राएलीहरूसित मिलेर त्यस्ता दुष्ट कर्म गरेनन्, जसरी लेवी कुलका अरू पूजाहारीहरूले गरेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्योचाहिँ अर्पण गरिएका पूजाहारीहरूका निम्ति हुनेछ, अर्थात् सादोकीहरू, जसले ईमानदारीपूर्वक मेरो सेवा गरे, इस्राएलीहरू बरालिएर जाँदा जब लेवीहरू पनि बरालिएका थिए, तब ती पूजाहारीहरू तिनीहरूसित बरालिएनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो भाग सादोकवंशीहरूबाट पवित्र पारिएका पुजारीहरूका निम्ति हुनेछ, जो मेरो सेवा गर्नमा इमानदारी थिए; अनि तिनीहरूचाहिँ इस्राएलीहरू बरालिएर गएको बेलामा अरू लेवीहरू बरालिएर गएझैँ बरालिएनन्।
Nepali ERV (पवित्र बाइबल)
शहर घाँसै-घाँसको चउर हुनेछ। यो चउर 250 हात उत्तर पट्टि, 250 हात दक्षिण पट्टि हुन्छ। 250 हात पूर्व पट्टि अनि 250 हात पश्चिम पट्टि हुन्छ।