Ezekiel 48:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लेवीहरूले पनि पूजाहारीहरूले पाएको जमिनछेउ त्यसको दक्षिणपट्टि एउटा विशेष भाग पाउनेछन्। त्यो भाग पनि पूर्वदेखि पश्चिम, साढे बाह्र किलोमिटर लामो र उत्तरदेखि दक्षिण पाँच किलोमिटर चौडा हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“पूजाहारीहरूका सिमानाको छेउमा लेवीहरूको भाग हुनेछ। त्यो २५,००० हात लामो र १०,००० हात चौड़ा हुनेछ। त्यसको जम्मा लमाइ २५,००० हात र त्यसको चौड़ाइ १०,००० हात हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“पुजारीहरूको इलाकाको दक्षिणी सिमानाको छेउमा लेवीहरूले पच्चीस हजार क्यूबिट लम्बाइ र दश हजार क्यूबिट चौडाइको ठाउँ पाउनेछन्। त्यसको पूरै लम्बाइ पच्चीस हजार क्यूबिट र त्यसको चौडाइ दश हजार क्यूबिट हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
शहरका मजदूरहरूले यसमा खेती गर्नेछन्। मजदूरहरू इस्राएलका सबै कुल समूहबाट हुनेछन्।