Ezekiel 48:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पवित्र क्षेत्रको दक्षिणपट्टि सहर बनेपछि बाँकी रहेको जमिन सहरका बासिन्दाहरूले खेतबारी बनाई आफ्नो काममा लाउनेछन्। यसरी बाँकी रहेको जमिन पूर्वपट्टि पाँच किलोमिटर लामो र अढाइ किलोमिटर चौडा भएको र पश्चिमपट्टि पनि त्यही नापको हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पवित्र भागको सिमाना छोएको बाँकी क्षेत्रचाहिँ पूर्वपट्टि १०,००० हात र पश्चिमपट्टि १०,००० हात हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बाँकी रहेको भाग, पवित्र भागको दक्षिणी सिमाना र त्यसको लम्बाइपट्टि जाने पूर्व भागमा दश हजार क्यूबिट र त्यसको पश्चिम भागमा दश हजार क्यूबिट हुनेछ। त्यस भागको उत्पादनबाट सहरका काम गर्ने मजदुरहरूका निम्ति भोजनको आपूर्ति हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यसमा तीनवटा मूल-ढोकाहरू रहन्छन। रूबेनको मूल-ढोका, यहूदाको मूल-ढोका अनि लेवीको मूल-ढोका।