Ezekiel 48:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[21-22] मन्दिर बनेको जमिन, पूजाहारीहरूले पाएको जमिन, लेवीहरूले पाएको जमिन र सहर बसालिएको जमिनबाहेक यो क्षेत्रको बाँकी रहेको पूर्व र पश्चिमका सबै जमिन राज्य गर्ने शासकको हुनेछ। त्यो शासकको जमिन पूर्व दिशातिर त्यतैपट्टिको सिमानासम्म र पश्चिम दिशातिर भूमध्य सागरसम्म फैलिएर गएको हुनेछ। त्यसको उत्तरमा यहूदा कुलको जमिन र दक्षिणमा बेन्यामीन कुलको जमिन रहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“पवित्र भाग र सहरको जग्गाबाट बनिएको क्षेत्रका दुवैपट्टिको बाँकी रहेको भागचाहिँ राजकुमारको हुनेछ। त्यो भाग पूर्वपट्टि पवित्र भागको २५,००० हात पूर्वीय सिमानातिर र पश्चिमपट्टि २५,००० हात पश्चिमी सिमानातिर फैलिनेछ। यी दुवै क्षेत्र लमाइमा कुलहरूका भाग जत्रा हुनेछन्, र ती राजकुमारका हुनेछन्। मन्दिरको पवित्रस्थानसँगै पवित्र भाग तिनका बीचमा हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“पवित्र भाग र सहरको सम्पत्ति मिलेर बनिएको इलाकाका दुवै छेउमा बाँकी रहेको भागचाहिँ राजाको हुनेछ। यो पच्चीस हजार क्यूबिट पवित्र भागदेखि पूर्वतिर गएर पूर्व सिमानासम्म, र पश्चिमतिर पच्चीस हजार क्यूबिटदेखि पश्चिम सिमानासम्म जान्छ। कुलको भागहरूको लम्बाइतिर जाने यी दुवै भागहरू राजकुमारको हुनेछ; अनि मन्दिरको पवित्रस्थानको बीचमा तिनीहरूको पवित्र भाग हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
“पश्चिमको मूल-ढोका 4,500 हात लामो हुन्छ। यसमा तीनवटा मूल-ढोका हुन्छन् गादको मूल-ढोका, आशेरको मूल-ढोका अनि नप्तालीको मूल-ढोका।