Ezekiel 48:30 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[30-34] सहर पस्ने बाह्र वटा मूल-ढोकाहरू छन्। सहर चारैपट्टिका हरेक पर्खाल २,२५० मिटर लामो छ र प्रत्येकमा तीन-तीन वटा मूल-ढोकाहरू छन् अनि एक-एक वटा मूल-ढोकाको नाम इस्राएलको कुल-कुलका नामअनुसार राखिएको छ। उत्तरी पर्खालका मूल-ढोकाहरू रूबेन, यहूदा र लेवी कुलका नाममा, पूर्वीय-पर्खालका मूल-ढोकाहरू योसेफ, बेन्यामीन र दान कुलका नाममा, दक्षिण-पर्खाल शिमियोन, इस्साखार र जबूलूनका नाममा अनि पश्चिम-पर्खाल गाद, आशेर र नप्तालीका नाममा राखिएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“सहरबाट बाहिर निस्कने ठाउँहरू यी नै हुनेछन्: उत्तरपट्टिबाट सुरु गरेर, जुन भाग ४,५०० हात लामो छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“सहरबाट बाहिर निस्कने मूलढोकाहरू यिनै हुन्: “उत्तरको भागबाट सुरु भएर, जुनचाहिँ चार हजार पाँच सय क्यूबिट लम्बाइ हुनेछ,