Ezekiel 48:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछिको हिस्‍साचाहिँ विशेष कामको लागि अलग गरिनुपर्नेछ। त्‍यो भाग उत्तरदेखि दक्षिणसम्‍म साढे बाह्र किलोमिटर चौडा हुनेछ र पूर्वदेखि पश्‍चिमसम्‍मको लमाइचाहिँ कुलहरूलाई दिएको भू-भागको लमाइ बराबर हुनुपर्छ। मन्‍दिर यही भागमा रहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“पूर्वदेखि पश्‍चिमतिर यहूदाको सिमानासम्‍मै छोएको तिमीहरूले छुट्ट्याएको एक विशेष भाग उपहार स्‍वरूप तिमीहरूले दिनुपर्छ। त्‍यसको चौड़ाइ २५,००० हात हुनेछ, र त्‍यसको लमाइ पूर्वदेखि पश्‍चिमसम्‍म अरू कुललाई दिएको भागजत्तिकै हुनेछ। पवित्रस्‍थानचाहिँ त्‍यसको बीचमा हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यहूदाको पूर्वदेखि पश्‍चिमसम्म एक भाग तिमीहरूले एउटा विशेष उपहारको रूपमा दिनुपर्छ। त्यो पच्‍चीस हजार क्यूबिट चौडाइ हुनेछ, र त्यसको लम्बाइ पूर्वदेखि पश्‍चिमसम्म एक कुलको भाग बराबर हुनेछ; पवित्रस्थान त्यसको बीच भागमा हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
लेवीहरूले यो भूमिको कुनै पनि भाग न ता बेच्नेछन नता व्यापार गर्नेछन्। तिनीहरूले यो भूमिको कुनै पनि भाग बेच्ने अधिकार राख्ने छैनन्। तिनीहरूले देशको यस भागलाई टुक्रा गर्न सक्तैनन्। किन? किनभने यो भूमि परमप्रभुको हो। यो अति विशेष हो। यो भूमिको सर्वोत्तम भाग हो।