Ezekiel 48:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस भागको बीचमा साढे बाह्र किलोमिटर लामो र दश किलोमिटर चौडा एउटा विशेष खण्‍ड लिएर परमप्रभुलाई अर्पण गर्नुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमप्रभुलाई तिमीहरूले दिने विशेष भागचाहिँ २५,००० हात लामो र १०,००० हात चौड़ा हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीहरूले याहवेहलाई चढाउनुपर्ने विशेष भाग पच्‍चीस हजार क्यूबिट लम्बाइ र दश हजार क्यूबिट चौडाइ हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
“भूमिको एक क्षेत्र 5,000 हात चौडा अनि 25,000 हात लामो हुनेछ, जुन पूजाहारीहरू अनि लेवीहरूलाई दिइएको भूमिबाट अतिरिक्त हुन्छ। यो भूमि शहरका पशुहरूको चर्ने ठाँउ अनि घर बनाउँनको लागि हुन्छ। साधरण मानिसहरूले यसको उपयोग गर्न सक्छन्। शहर यसको बीचमा हुन्छ।