Ezekiel 5:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले भन्नुभयो, “ए मरणशील मानिस, तैँले एउटा लाग्ने तरवार लिएर आफ्नो दाह्री र कपाल खौरी। त्यसपछि केश र दाह्री तराजुमा जोख् र तिनलाई तीन बराबर भागमा बाँड्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अब हे मानिसको छोरो, एउटा लाग्ने तरवार ली, र त्यो हजामको छुराजस्तै प्रयोग गरेर त्यसले आफ्नो कपाल र दाह्री खौरी। त्यसपछि जोख्नलाई तराजू ली, र ती कपाललाई भाग-भाग गर्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अब हे मानिसको छोरा, एउटा धारिलो तरवार लिएर आफ्नो कपाल र दाह्री खौरनलाई हजामको छुराझैँ प्रयोग गर्। त्यसपछि एउटा तराजु लिएर तेरो कपाललाई जोखेर भाग-भाग गर्।
Nepali ERV (पवित्र बाइबल)
“हे मानिसको छोरो! तिमीले आफ्नो उपवासको समयपछि यो काम गर्नुपर्छ। तिमीले एउटा धारिलो तरवार लिनु पर्छ। त्यो तरवारको प्रयोग हजामको छुरा जस्तै गर। तिमीले आफ्नो कपाल र दाह्री त्यसले काट। कपाललाई तराजुमा राखेर तौल। आफ्नो कपाललाई तीन बराबर भागमा बाँड। आफ्नो कपालको तिहाईं भाग त्यस ईंटामाथि राख जसमा तिमीले शहरको चित्र बनाएका छौ। त्यो ‘शहरमा’ राखेको कपाल जलाऊ। यसले देखाउने गर्छ केही मानिसहरू शहर भित्र मर्नेछन्। त्यस समय तरवार प्रयोग गर अनि आफ्नो कपालको एक तिहाईं भाग सानो-सानो टुक्रा पारेर काट। त्यो कपाललाई ईंटामा बनाएको शहरको वरिपरि राख। यसले देखाउँछ कि केही मानिस शहर बाहिर मर्नेछन्। त्यसपछि आफ्नो कपालको एक तिहाईं भाग हावामा उडाइदेऊ। त्यसलाई हावाले टाढो उडाएर लान देऊ। यसले त्यो देखाउँछ कि म आफ्नो तरवार निकाल्नेछु अनि कतिपय मानिसहरूलाई खेद्दै तिनीहरूलाई टाढो देशमा भगाई दिनेछु।