Ezekiel 5:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसैकारण यरूशलेमका आमा-बुबाहरूले आफ्ना छोरा-छोरीहरूको मासु खानेछन् र छोरा-छोरीहरूले आफ्ना आमाबुबाहरूको मासु खानेछन्। म तिमीहरूलाई दण्ड दिनेछु र बाँच्नेहरू जतिलाई चारैतिर छरपष्ट पार्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण तँभित्रै बुबाहरूले छोराछोरीहरूलाई र छोराछोरीहरूले बुबाहरूलाई खानेछन्। म तँमाथि दण्ड ल्याउनेछु र तेरा बाँचेकाहरू सबैलाई बतासमा तितरबितर पारिदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तेरो बीचमा बुबाहरूले आफ्ना छोराछोरीहरू खानेछन्; अनि छोराछोरीहरूले आफ्ना बुबाहरूलाई खानेछन्। म तँमाथि दण्ड ल्याउनेछु, र तेरा बाँचेकाहरू सबैलाई हावामा छरपस्ट पारिदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
यरूशलेमका मानिसहरू भोकले यति तडपिने छन् कि आमा-बाबुले तिनीहरूको आफ्नै छोरा-छोरीहरू खाने छन् अनि छोरा-छोरीहरूले तिनीहरूको आफ्नै आमा बाबुहरू खाने छन्। म तिनीहरूलाई यस्तो प्रकारले दण्ड दिनेछु, अनि जो जति बाँचेको हुन्छन् तिनीहरूलाई म हावामा तितर-बितर पारिदिनेछु।”