Ezekiel 5:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म, सार्वभौम परमप्रभु जीवित परमेश्‍वर हुँ भन्‍ने स्‍वयम् साक्षी राखी भन्‍दछु, तिमीहरूले गरेका सबै दुष्‍ट कामहरू र घिनलाग्‍दा कुराहरूले मेरो मन्‍दिर अशुद्ध पारेको कारण म तिमीहरूलाई दया नदेखाई मार्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जस्‍तो म जीवित छु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, तेरा सबै घिनलाग्‍दा मूर्तिहरू र तैंले गरेका घृणित व्‍यवहारबाट मेरो पवित्रस्‍थानलाई तैंले बिटुलो पारेको कारण म तँबाट मेरो निगाह हटाउनेछु। मेरो नजरले तँलाई टिठ्याउनेछैन, न त म तँमाथि दया देखाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ, तैँले आफ्ना सबै घृणित मूर्तिहरू र घिनलाग्दा कामहरूद्वारा मेरो पवित्रस्थानलाई अशुद्ध पारिदिएको कारण म आफैँले मेरो निगाह हटाउनेछु; म तँलाई दयाको दृष्‍टिले हेर्नेछैनँ, न त तँलाई बचाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “यरूशलेम, म आफ्नो जीवनको शपथ खाएर भन्दैछु म तँलाई दण्ड दिनेछु। म प्रतिज्ञा गर्दैछु कि म तँलाई दण्ड दिनेछु। किन? किनभने तैंले मेरो पवित्र स्थानको विरूद्धमा भयंकर पाप गरिस्। तैले घृणित काम गरेर मेरो स्थान मैला बनाइ दिइस्। म तँलाई दण्ड दिनेछु। म तँमाथि दया गर्ने छैन्। म तेरो निम्ति दुखको अनुभव गर्ने छैन्।