Ezekiel 5:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूका जातिको एक-तिहाइ मानिसहरू रुढी र अनिकालले सहरमा नै मर्नेछन्, एक-तिहाइ सहरबाहिर तरवारले काटिनेछन् र बाँकी एक तिहाइलाई म बतासमा उडाएर छरपष्ट पारिदिनेछु र तरवार लिएर तिनीहरूलाई खेद्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तँभित्रै तेरा मानिसहरूको एक तिहाइ रूढ़ीले वा अनिकालले नष्ट हुनेछन्, र एक तिहाइचाहिँ तेरा पर्खालहरूको बाहिर तरवारले मर्नेछन्, र एक तिहाइचाहिँ चारैतिर तितरबितर म पार्नेछु। र नाङ्गो तरवारले म तिनीहरूलाई खेद्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरो एक तिहाइ भाग मानिसहरू रूढीले मर्नेछन् अथवा यरूशलेमभित्र अनिकालले नष्ट हुनेछन्; एक तिहाइ भाग पर्खालबाहिर तरवारद्वारा मर्नेछन्; अनि एक तिहाइ भागलाई चाहिँ म हावामा छरपस्ट पारिदिनेछु, र तिनीहरूलाई नाङ्गो तरवार लिएर खेद्नेछु।
Nepali ERV (पवित्र बाइबल)
तेरो एक तिहाईं मानिस शहरभित्र रोगले अनि भोकै मर्नेछन्। तेरो एक तिहाइ मानिस युद्धको समयमा शहर बाहिर मर्नेछन् अनि एक तिहाइ मानिसहरूलाई म आफ्नो तरवार हातमा लिएर खेद्दै तितर-बितर पार्नेछु।