Ezekiel 5:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मैले पूरा बदला लिएपछि मेरो रिस थामिनेछ र मेरो क्रोध शान्‍त हुनेछ। यी सबै भइसकेपछि म परमप्रभु तिमीहरूसित बोलेको छु भनी तिमीहरूलाई विश्‍वास हुनेछ किनभने तिमीहरूका धोकाबाजीले मलाई रिस उठाएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तब मेरो रीस थामिनेछ र तिनीहरूका विरुद्धमा भएको मेरो क्रोध शान्‍त हुनेछ। म यसरी मेरो बदला लिनेछु। मेरो क्रोध तिनीहरूमाथि खन्‍याइसकेपछि तिनीहरूले जान्‍नेछन्‌ कि म परमप्रभुले नै आफ्‍नो जोशमा यो कुरा भनेको हुँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी मेरो रिस थामिनेछ, र तिनीहरूको विरुद्धमा भएको मेरो क्रोध शान्त हुनेछ, र मेरो बदला पूरा हुनेछ। अनि जब मैले आफ्नो क्रोध तिनीहरूमाथि पोख्नेछु, तब तिनीहरूले म याहवेहले आफ्नो जोशमा बोलेको हुँ भनी जान्‍नेछन्।
Nepali ERV (पवित्र बाइबल)
तब मात्र म तिनीहरू प्रति क्रोधित हुन रोकिनेछु। तिनीहरूले नराम्रो कार्यहरू गरेकोमा म आफैले तिनीहरूमाथि बदला लिन तिनीहरूलाई घटाउनेछु। तब तिनीहरूले सम्झनेछन् म परमप्रभुले तिनीहरूको विरूद्धमा उत्साहित भएर काम गरेको छु।”