Ezekiel 5:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“जब मेरो रिस र क्रोध तिमीहरूमाथि खनिनेछ र म तिमीहरूलाई दण्‍ड दिनेछु, तब तिम्रा चारैतिरका जातिहरू तर्सनेछन्, तिनीहरूले तिमीहरूलाई घृणाका दृष्‍टिले हेर्नेछन् र तिमीहरूको निन्‍दा गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब म रीस, क्रोध र गालीसित वा खिसीमा तँलाई सजाय दिन्‍छु, तब तँ तेरा चारैतिर हुने जाति-जातिहरूमा तँ गाली, खिसी, चेताउनी र डरलाग्‍दो पात्र हुनेछस्‌। म परमप्रभुले नै यो भनेको हुँ
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब म तँलाई रिस, क्रोध र हप्काइसहित दण्ड दिनेछु, तब तँ तेरा वरपरका जातिहरूका लागि निन्दा, गिल्‍ला, चेतावनी र त्रासको पात्र हुनेछस्। म याहवेहले नै यो भनेको हुँ।
Nepali ERV (पवित्र बाइबल)
चारैतिरका जातिहरूले तेरो हाँसो उडाउँने छन्, तर त्यसबाट तिनीहरूले शिक्षा पाउँनेछन्। तिनीहरूले देख्नेछन्, म क्रोधित थिएँ अनि मैले तिमीहरूलाई दण्ड दिएँ। म एकदमै क्रोधित थिएँ। मैले तिमीहरूलाई चेताउनी दिएको थिएँ। म, परमप्रभुले तिमीहरूलाई भनेको थिएँ म के गर्नेछु।