Ezekiel 5:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीहरूको अन्न बन्द गर्नेछु र तिमीहरू अनिकालमा पर्नेछौ। तिमीहरूलाई नाश पार्न छोडेका तिखा काँडले लागेझैँ भोकको पीडाले तिमीहरू छट्पटाउनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब म तँमाथि अनिकालको मेरा घातक र नष्टकारी बाणहरू छोड्नेछु, तब म तँलाई नाश नगरी छोड्नेछैनँ। म तँमाथि झन् बढ़ी अनिकाल ल्याउनेछु र तेरो अन्नको मूल नै रोकिदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मैले तँलाई अनिकालको समयमा मेरा घातक र विनाशकारी काँडहरूले प्रहार गर्नेछु, तब म तँलाई नष्ट गर्नलाई प्रहार गर्नेछु। म तँमाथि झन् बढीभन्दा बढी अनिकाल ल्याउनेछु, र तेरो भोजनको आपूर्ति बन्द गरिदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
मैले भनेको थिएँ कि म तिमीहरूमाथि भयंकर अनिकालको समय पठाइदिनेछु। मैले तिमीसित भनेको थिएँ, ‘म ती चीजहरू पठाउँनेछु जसले तिमीलाई नाश गर्छ अनि तिमीसित भनेको थिएँ म तिम्रो भोजनको आपूर्ति खोस्नेछु, अनि त्यो अनिकालको समय घरि-घरि आउनेछ।