Ezekiel 5:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रा छोरा-छोरीहरूलाई नाश गर्न म अनिकाल र जङ्गली जनावरहरू पठाउनेछु र तिमीहरूलाई मार्न रुढी, हिंसा र लडाइँ पठाउनेछु। म परमप्रभुले बोलेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तेरो विरुद्धमा अनिकाल र जङ्गली जनावरहरू पठाइदिनेछु, र तिनीहरूले तँलाई निर्वंश तुल्याउनेछन्। रूढ़ी र रक्तपात तेरो बीचमा भइरहनेछन्, म तँमाथि तरवार चलाउनेछु। म परमप्रभुले नै यो भनेको हुँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तेरो विरुद्धमा अनिकाल र जङ्गली पशुहरू पठाउनेछु; अनि तिनीहरूले तँलाई निःसन्तान तुल्याउनेछन्। रूढी र रक्तपात तेरो बीचमा भइरहनेछन्। म तेरो विरुद्धमा तरवार ल्याउनेछु। म याहवेहले नै यो भनेको हुँ।”
Nepali ERV (पवित्र बाइबल)
मैले तिमीसँग भनेको थिएँ कि म तिमीहरू भएको ठाउँमा अनिकाल या जङ्गली जनावर पठाउँनेछु, जसले तिम्रो नानीहरू मार्नेछ। मैले तिमीसित भनेको थिएँ कि पुरै शहरमा रोग अनि मृत्यु फैलिनेछ अनि म ती सैनिक शत्रुहरू तिम्रो विरूद्धमा लड्नका निम्ति ल्याउँदैछु। म परमप्रभुले यी सबै कुराहरू घट्नेछ भनेको थिएँ अनि तिनीहरू घट्नेछन्।”