Ezekiel 5:2 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सहर घेरामा परेको समय शेष भएपछि एक भाग सहरभित्र जलाइदे। अर्को एक भाग सहरबाहिर चारैतिर तरवारले टुक्रा-टुक्रा पार्दै हिंड्। बाँकी एक भागचाहिँ हावामा उडाइदे र म आफ्नो तरवार लिएर तिनलाई खेद्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तेरो घेराका दिन समाप्त हुन्छन्, रौंको एक तिहाइलाई सहरभित्र आगोमा जलाइदे। अर्को एक तिहाइलाई चाहिँ सहरका चारैतिर तरवारले टुक्रा-टुक्रा पारिदे, र बाँकी एक तिहाइचाहिँ हावामा उड़ाइदे। किनकि तिनीहरूलाई म तरवारले खेद्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तेरो घेराबन्दीको समय समाप्त हुन्छ, तेरो कपालको एक तिहाइ भागलाई सहरभित्र आगोमा जलाइदे। त्यसको एक तिहाइ भागलाई लिएर सहरको बाहिर तरवारले काटेर चौरतिर टुक्रा-टुक्रा पार्दै हिँड्। अनि बाँकी एक तिहाइ भाग हावामा छरपस्ट पारिदे। किनकि म तिनीहरूलाई नाङ्गो तरवारले खेद्नेछु।