Ezekiel 5:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर त्‍यसले मेरा आज्ञाहरूको विरोध गर्‍यो र अरू जातिहरूभन्दा बढी दुष्‍ट र चारैपट्टिका देशहरूभन्दा ज्‍यादै अनाज्ञाकारी भयो। यरूशलेमले मेरा आज्ञाहरू इन्‍कार गर्‍यो र मेरा नियमहरू अस्‍वीकार गर्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि आफ्‍नो दुष्‍ट्याइँमा त्‍यसका चारैतिर भएका जाति-जाति र देशहरूभन्‍दा त्‍यो अझ बढ़ी मेरा नियमहरू र विधिहरूका विरुद्धमा बागी भएकी छ। त्‍यसले मेरा नियमहरूलाई इन्‍कार गरेकी छ, र मेरा विधिहरूमा हिँड़ेकी छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर आफ्नो दुष्‍टतामा त्यसले मेरा व्यवस्था र उर्दीहरूमा आफ्ना चारैतिरका जातिहरू र देशहरूभन्दा बढी विद्रोह गरेकी छे। मेरा व्यवस्थाहरू इन्कार गरेकी छे, र उर्दीहरू पालन गरेकी छैन।
Nepali ERV (पवित्र बाइबल)
यरूशलेमका मानिसहरूले मेरो नियमहरू र विधिहरू प्रति विद्रोह गरे। तिनीहरू अन्य कुनै पनि राष्ट्र भन्दा एकदमै नराम्रो छन्। तिनीहरूले मेरो नियमहरू त्यति ज्यादा विरोध गरे जति चारैतिरको अन्य देशहरूले विरोध गरेनन्। तिनीहरूले मेरो आदेशहरू सुन्नु अस्वीकार गरिदिए। तिनीहरूले मेरो विधिहरू र विधानहरू पालन गरेनन्।”