Ezekiel 5:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब सुन्, ए यरूशलेम, म सार्वभौम परमप्रभुले तँलाई के भन्‍दै छु। मेरा नियमहरू नमानेर र मेरा आज्ञाहरू पालन नगरेर तेरा चारैपट्टिका जातिहरूभन्दा तँ ज्‍यादै विद्रोही भइस्। तँ पराई जातिका रीति-थितिमा चलिस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: आफ्‍ना चारैतिरका जाति-जातिहरूभन्‍दा तिमीहरू अझ बढ़ी नियम पालन नगर्ने भएका छौ, र मेरा विधिहरूमा चलेका छैनौ, अथवा मेरा नियमहरू पालन गरेका छैनौ। तिमीहरूका चारैतिर भएका जातिहरूका चालबमोजिम पनि तिमीहरू चलेका छैनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: तिमीहरू आफ्ना चारैतिरका जातिहरूभन्दा बढी विद्रोही भएका हुनाले मेरा उर्दीहरू र मेरा व्यवस्थाहरू तिमीहरूले पालन गरेका छैनौ। तिमीहरू आफ्ना चारैतिरका जातिहरूका स्तरसम्म पनि पुगेका छैनौ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण परमप्रभु मेरो मालिकले भन्नुभयो, “म तिमीहरूमाथि भयंकर विपत्ती ल्याइदिनेछु। किन? किनभने तिमीहरूले मेरो नियम पालन गरेनौ। तिमीहरूले मेरो नियमहरू तिमीहरूको चारै तिर बस्ने मानिसहरूले भन्दा पनि ज्यादा भङ्ग गर्यौ। तिमीहरूले त्यो काम पनि गर्यौ जुन तिनीहरूले गल्ती भन्छन्।”