Ezekiel 5:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो नजरमा तैँले सबै घिनलाग्दा कुराहरू गरेको हुनाले म तँलाई यस्तो दण्ड दिनेछु कि त्यस्तो अघि कहिल्यै दिएको थिएन र पछि पनि कहिल्यै दिनेछैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तेरा घिनलाग्दा देवताहरूको कारण तँलाई म यस्तो गर्नेछु, जो मैले अघि कहिल्यै गरेको थिइनँ र न फेरि कहिल्यै गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरा सबै घिनलाग्दा मूर्तिहरूको कारण म तँलाई यस्तो गर्नेछु, जुन मैले पहिले कहिल्यै गरेको छैनँ, न त फेरि कहिल्यै गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूलाई यस्तो गर्नेछु जुन मैले अघि कहिले गरेको थिइनँ। अनि म त्यो भयानक काम फेरि कहिले पनि गर्नेछैन। किनभने तिमीहरूले धेरै डरलाग्दा कार्यहरू गरेकाछौ।