Ezekiel 6:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम परमप्रभुले भन्नुभयो, “तिमीहरूका हात-खुट्टा बजार! इस्राएलीहरूले गरेका दुष्ट र घिनलाग्दा कामहरूका कारणले गर्दा अफसोस गरेर रोओ। तिनीहरू लडाइँ, अनिकाल र रुढीमा मर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: “ताली बजा, र इस्राएलका घरानाका सबै दुष्ट र घिनलाग्दा व्यवहारहरूको कारण खुट्टा ठटाएर कराई-कराई भन्, “हाय!” किनभने तरवार, अनिकाल र रूढ़ीले तिनीहरू नष्ट हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: इस्राएलका घरानाका सबै दुष्टता र घिनलाग्दा कामहरूको कारण आफ्ना हातहरू ठटाउँदै र खुट्टाहरू एकसाथ बजारेर भन्, “हाय!” किनकि तिनीहरू तरवार, अनिकाल र रूढीले नष्ट हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभु मेरो मालिकले मलाई भन्नुभयो, “ताली बजाऊ र खुट्टा ठटाएर भन, हाय! इस्राएलका मानिसहरूले गरेका सबै डरलाग्दा कुरा भन। तिनीहरूलाई चेताउनी देऊ कि तिनीहरू रोग अनि भोकले मर्नेछन्। तिनीहरूलाई भन कि तिमीहरू युद्धमा मारिन छौ।