Ezekiel 6:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
टाढामा भएकाहरू रोग लागेर मर्नेछन्, नजिकमा भएकाहरू लडाइँमा मारिनेछन् र तीबाट बाँच्नेहरू भोकले मर्नेछन्। मेरो क्रोधको प्रभाव तिनीहरूले थाहा पाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
टाढ़ामा हुने रूढ़ीले पतन हुनेछन्, नजिकमा हुने तरवारले ढल्नेछन्, र छोड़िएर बाँचेकाहरूचाहिँ अनिकालले मर्नेछन्। यसरी म मेरो क्रोध तिनीहरूमाथि खन्याउनेछु!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
टाढा हुनेहरू रूढीद्वारा मर्नेछन् र नजिक हुनेहरू तरवारले ढल्नेछन्; अनि बाँचेकाहरू र छोडिएकाहरूचाहिँ अनिकालले मर्नेछन्। यसरी म आफ्नो क्रोध तिनीहरूमाथि खन्याउनेछु।
Nepali ERV (पवित्र बाइबल)
टाढाका मानिसहरू रोगबाट मर्नेछन्। छेउका मानिसहरू तरवार द्वारा मारिनेछन्। शहरमा छाडिएका मानिसहरू भोकले मर्नेछन्। त्यसपछि म क्रोधित हुन छाड्नेछु।