Ezekiel 6:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लाशहरूचाहिँ मूर्तिहरूका बीचमा, वेदीहरूका चारैतिर, हरेक अग्‍ला डाँडाहरूमाथि, हरेक पहाडको टुप्‍पोमा, हरेक हरियो रूख र ठूलो फलाँटको रूखमुनि र तिनीहरूले आफ्‍ना मूर्तिहरूलाई बलि चढाएको हरेक स्‍थानमा छरपष्‍ट भई छरिनेछन्। तब म नै परमप्रभु हुँ भनी सबैले जान्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनीहरूका मूर्तिहरूका बीचमा, तिनीहरूका वेदीका चारैतिर, सबै अल्‍गा-अल्‍गा ठाउँहरूमा, सबै पर्वतहरूका टाकुराहरूमाथि, सबै झ्‍याम्‍म परेका रूखहरूमुनि र सबै पात भएका बजराँटका रूखहरूमुनि— जहाँ-जहाँ तिनीहरूले आफ्‍ना मूर्तिहरूका निम्‍ति सुगन्‍धित धूप चढ़ाउँथे, त्‍यहाँ-त्‍यहाँ जब तिनीहरूका मारिएकाहरू पडिरहनेछन्, तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरूका वेदीहरूका चारैतिर तिनीहरूका मूर्तिहरूका बीचमा, प्रत्येक देवस्थानमा, सबै पहाडहरूमा, तिनीहरूका प्रत्येक झ्याम्म परेको फलाँटका रूखमुनि, तिनीहरूका सबै मूर्तिहरूलाई सुगन्धित धूप चढाएका ठाउँहरूमा र तिनीहरूका मारिएका मानिसहरू छरपस्ट भई छरिरहनेछन्, तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।
Nepali ERV (पवित्र बाइबल)
अनि तब मात्र तिमीहरूले थाहा पाउने छौ कि म परमप्रभु हुँ।” तिमीले यो त्यति बेला सम्झने छौ जब तिमी आफ्नो लाश अपवित्र मूर्तिहरूको छेऊ अनि वेदीहरूको चारैतिर देख्नेछौ। ती शरीरहरू तिमीहरूका प्रत्येक पूजा स्थानहरूका ठाउँमा प्रत्येक पहाड तथा प्रत्येक हरियो फल नलाग्ने रूख अनि त्यस रूखको मुनि लाश हुनेछ। ती सबै ठाँउमा तिमीहरूले आफ्नो बलि चढाएकाछौ।