Ezekiel 6:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अँ, म आफ्नो हात उठाएर तिनीहरूको देश नाश गर्नेछु। म त्यस देशलाई दक्षिणको उजाड भूमिदेखि उत्तरको दिब्ला सहरसम्म ध्वस्त पार्नेछु र इस्राएलीहरूले बास गरेका कुनै ठाउँ बाँकी राख्नेछैनँ। तब म नै परमप्रभु हुँ भनी सबैले जान्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि म मेरो हात तिनीहरूका विरुद्धमा उठाउनेछु, र मरुभूमिदेखि दिब्लासम्मै तिनीहरूका सबै बस्ने ठाउँहरू, अर्थात् तिनीहरूको देशलाई उजाड़ र सूनसान तुल्याइदिनेछु। तब तिनीहरूले जान्नेछन्, कि म नै परमप्रभु हुँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि म तिनीहरूको विरुद्धमा आफ्नो हात पसार्नेछु, र मरुभूमिदेखि दिब्लासम्म—तिनीहरू जहाँ बसे तापनि देशलाई उजाड पारिदिनेछु। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।’ ”
Nepali ERV (पवित्र बाइबल)
तर म आफ्नो हात तिमीहरूमाथि उठाउँनेछु अनि तिमी र तिम्रा मानिसहरू जहाँ बस्छन म दण्ड दिनेछु। म तिम्रो देश नष्ट पारिदिने छु! यो दिब्ला मरूभूमि भन्दा पनि सुनसान हुनेछ। त्यस पछि तिनीहरूले जान्ने छन् म नै परमप्रभु हुँ।”