Ezekiel 6:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती डाँडाहरूलाई परमप्रभुको वचन सुन्‍नू भन्, म सार्वभौम परमप्रभुले डाँडा-काँडा, खोँच र बेसीहरूलाई के भन्‍दै छु, त्‍यो सुन्‍न लगा। मानिसहरूले मूर्ति पुज्‍ने गरेका ठाउँहरू नाश पार्न म तरवार पठाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र भन्, “हे इस्राएलका पर्वत हो, परमप्रभु परमेश्‍वरको यो वचन सुन। पर्वतहरू र डाँड़ाहरू, खोल्‍साहरू र बेँसीहरूलाई परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: हेर, म तिमीहरूमाथि तरवार चलाउन लागेको छु, र म तिमीहरूका अल्‍गा-अल्‍गा ठाउँहरूलाई नाश गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र भन्: ‘हे इस्राएलका पर्वतहरू हो, प्रभु याहवेहको वचन सुन। पहाडहरू र डाँडाहरूलाई, खोल्साहरू र बेँसीहरूलाई प्रभु याहवेह यसो भन्‍नुहुन्छ: मैले तिमीहरूका विरुद्धमा तरवार ल्याउन लागेको छु, र तिमीहरूका देवस्थानहरू म नाश गरिदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
ती पर्वतहरूसित यसो भन ‘हे इस्राएलको पर्वतहरू! परमप्रभु मेरो मालिकको तर्फबाट यो संदेश सुन। परमप्रभु मेरा मालिक पहाडहरू, पर्वतहरू, बेंसीहरू अनि खोल्चाहरूसँग यसो भन्नुहुन्छ! ध्यान देऊ। म (परमेश्वर) शत्रुलाई तिम्रो विरूद्धमा लडनका निम्ति ल्याउँदैछु। म तिम्रो उच्च स्थानहरू नष्ट गरिदिनेछु।