Ezekiel 6:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिनीहरूमध्‍ये कतिलाई म विनाशबाट बचाउनेछु र तिनीहरूलाई जाति-जातिका बीचमा छरपस्‍ट पारिदिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तर म तिमीहरूका कतिलाई जीवितै छोड़िदिनेछु। किनकि तिमीहरू जाति-जाति र देश-देशमा तितरबितर भएर जाँदा, तिमीहरूका कोही-कोही उम्‍कनेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तर म केही मानिसहरूलाई बचाइराख्नेछु; किनकि जब तिमीहरू देश र जाति-जातिहरू बीचमा छरपस्ट हुनेछौ, तब तिमीहरूमध्ये केही तरवारबाट उम्कनेछौ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले भन्नुभयो, “तर म तिमीहरूका कतिपय मानिसहरूलाई बाँच्न दिनेछु। ती केही समय सम्म विदेशमा बस्नेछन्। म तिनीहरूलाई तितर-बितर पार्नेछु अनि विदेशमा बस्नका निम्ति बाध्य पार्नेछु।