Ezekiel 6:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू देशनिकाला भई त्यहाँ कैदमा रहनेछन्। त्यहाँ तिनीहरूले मलाई सम्झनेछन् र तिनीहरूलाई दण्ड दिने र बदनाम गराउने म नै हुँ भनी थाहा पाउनेछन् किनभने तिनीहरूका विश्वासघाती हृदयले मलाई त्यागे र तिनीहरूले मेरो सट्टामा मूर्तिहरू रुचाए। आफूले गरेका दुष्ट र पतन गराउने कामहरूले गर्दा तिनीहरूलाई आफैंसित पनि घृणा हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब जाति-जातिहरूमा, जहाँ तिनीहरू कैदमा गएका छन्, त्यहाँबाट उम्कनेहरूले मेरो सम्झना गर्नेछन्, कि कसरी मबाट तर्किगएको तिमीहरूका व्यभिचारी हृदयद्वारा र तिनीहरूका मूर्तिहरू पछि लाग्ने तिनीहरूका लोभी नजरहरूद्वारा म दु:खित भएको छु। तिनीहरूले गरेको दुष्टता र तिनीहरूका सबै घृणित कामहरूको कारण तिनीहरू आफ्नो दृष्टिमा घिनलाग्दा हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि कैदमा लगिएका मानिसहरू, जाति-जातिहरूका बीचबाट उम्कनेहरू, जसले मलाई सम्झनेछन्—तिनीहरूका व्यभिचारी हृदयबाट मदेखि अलग भएका छन्; अनि तिनीहरू आकर्षित मूर्तिहरूका पछि लागेका छन्, र तिनीहरूका लोभी नजरहरूको कारण म दुःखित भएको छु। तिनीहरूले गरेका दुष्टता र तिनीहरूका सबै घिनलाग्दा कामहरूका निम्ति तिनीहरू आफ्नै नजरमा घृणित हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि ती बाँचेका मानिसहरूलाई बन्दी बनाइनेछ। तिनीहरूलाई विदेशमा बस्नको निम्ति बाध्य पारिनेछ। तर ती बाँचेका मानिसहरूले मलाई सम्झनेछन्। मैले तिनीहरूको आत्मालाई खण्डित पारें। जुन पाप तिनीहरूले गरे त्यसको निम्ति तिनीहरू स्वंयले आफैंलाई धृणा गर्ने छन्। बितेको समयमा जो मबाट विमुख भएर टाढा गएका थिए, तिनीहरू आफ्नो नराम्रो मूर्तिहरूको पछि लागेका थिए। तिनीहरू त्यस प्रकारको स्त्रीहरू जस्तै थिए जो आफ्नो पतिलाई छोडेर अर्को पुरूषको पछि लाग्छे। तिनीहरूले भयंकर पाप गरेका थिए।